
हेटौंडा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार नियुक्त भएका छन्।
Tata
GBIME
NLIC
मुख्यमन्त्री पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।
प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। अरुण चर्चित व्यवसायी अजयराज सुमार्गीका भाइ हुन्। अजयराज सुमार्गी तीनै हुन् जसले विदेशबाट ल्याएको पैसा स्रोत नखुलेको भन्दै लामो समय रोकिएको थियो। पछि अदालतले त्यो खुलाइदिएको थियो।
फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्न सक्ने निर्णय गरेको थियो।